• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आगलागिबाट २ लाख ५० हजारको क्षेति, एक महिला घाईते

image not found

सर्जना कार्की

कार्तिक ३, रुकुम पूर्व ।

 

रुकुम पूर्वको एक घरमा आगलागि भएको छ । जिल्लाको सिस्ने गाउँपालिका पाँच रुमालवाराको एक घरमा आगलागि हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ । स्थानीय ज्ञानु बुढाको घरमा गयराति ११ बजेको समयमा आगलागि भएको प्रहरीले जनाएको छ । 

 

आगलागीबाट ज्ञानु वुढाकी श्रीमति ३६ वर्षिया मोतिकला वुढा जलेर घाइते हुनुभएको छ । उहाँको हात, खुट्टा र ढाड पोलिएको छ । बुढालाई उपचारका लागि नेपालगञ्ज पठाईएको प्रहरीले जानकारी दिएको छ । 

 

आगलागिबाट खरले छाएको एक तलाको घरमा पुर्ण रुपमा क्षेति पुगेको बताईएको छ । नगद ५५ हजार सहित घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडा कुँडा लगाएका सामाग्री जलेर नष्ट हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको पिडित परिवारको भनाई छ । 

 

खाना पकाउने क्रममा घरमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दीवाकर रीजालले जानकारी दिनुभयो । आगलागीबाट बुढाको एउटा भैंसी र बाख्रा पनि जलेर घाइते भएका छन् । आगो प्रहरी र स्थानियले राति २ बजे तिर नियन्त्रणमा लिएका थिए ।।