• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

भुमे गाउँपालिकाको सेवा अव खावाङबाट

image not found

जयमान बुढामगर 

असोज ३१, रुकुम पूर्व ।

 

रुकुम पूर्वको भूमे गाउँपालिकाको केन्द्र वडा नम्बर २ को खाबाङ बगरमा सारिएको छ । गत वर्षको पौष ८ गते बसेको गाउँसभाले गाउँपालिकाको केन्द्र खाबाङ बगरमा तोकेको थियो । खावाङमा गाउँ कार्यपालिकाको भवन निर्माण भएपछि कार्यालय सिमाबाट खावाङमा सारिएको हो ।  

 

मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले खाबाङ बगरबाट सेवा दिने निर्णय गरे अनुसार कार्यालय खावाङ बगरमा सारिएको गाउँपालिका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभभयो । गाउँपालिकाले खावाङमा आफ्नै भवन निर्माण गरिसकेको छ ।

 

खाबाङ बगरमा बैसाख देखि गाउँपालिकाको कार्यालय सञ्चालनका लागि २ वटा भवन निर्माण कार्य सुरु गरिएको थियो । गाउँपालिकाको ६० लाख नगद र स्थानीयको १२ लाख श्रमदान गरी ७२ लाखको लगानीमा २६ कोठाका २ वटा भवन निर्माण भैसकेका हुुन् । 

 

भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक बर्ष २०७४÷०७५ मा ४० लाख र २०७५÷०७६ मा २० लाख रकम विनियोजन गरेको थियो । भवन निर्माणका लागि स्थानीयले श्रमदान गर्ने प्रतिवद्धता गरेका थिए । 

 

गाउँपालिकाले विनियोजन गरेको ६० लाखको २० प्रतिशत वापत हुन आउने १२ लाख बराबरको श्रमदान गाउँलेले गरेको गाउँपालिका अध्यक्ष बुढा मगरले बताउनुभयो । गाउँ कार्यपालिका भवन बनाउन खाबाङबासीले २६ रोपनी जग्गा समेत गाउँपालिकाको नाममा पास गरिदिएको अध्यक्ष बुढाले बताउनुभयो ।

 

मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले ३ वटा निर्णय पारित गरेको छ । नियमित सेवा प्रवाह तथा गाउँपालिकाको केन्द्र खावाङमा सार्नुका साथै मारिङ कृषि अनुसन्धान केन्द्रमा थप एक जना जनशक्ति राख्ने र न्यायिक समिति तथा मेलमिलाप सम्बन्धी तालिम गर्ने निर्णय गरेको छ ।