• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आगलागिबाट ४ लाख बराबरको क्षति

image not found

सानीभेरी समाचार डेस्क 

असोज ३१ ।

 

रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका वडा नं. १० फेरा झुलाको एक घरमा आगलागि भएको छ । स्थानीय शसिराम खत्रीको घरमा गयराति आगलागि हुँदा ४ लाख बराबरको क्षति भएको छ । 

 

राति साढे १ बजेको समयमा आगलागि हुँदा अन्न पात, भाँडा कुडा, लत्ता कपडा र नगद एक लाख गरी ४ लाख बराबरको क्षति भएको वडा सदस्य रामवहादुर जैसीले जानकारी दिनुभयो । 

 

आगलागि पिडित खत्रीका श्रीमान श्रीमतिले भारतबाट कमाएर ल्याएको नगद जलेको बताईएको छ । खत्री दम्पति दशैं मनाउँनका लागि केहि दिन अघि मात्र आएको थियो । खरले छाएको घरमा कसरी आगलागि भयो भन्ने बारेमा खुल्न नसकेको वडा सदस्य जैसीको भनाई छ । 

 

खत्रीको परिवार घरमै सुतिरहेको अवस्थामा आगलागि भएको थियो । आगलागि भएको थाहा पाएपछि भागेर खत्री परिवार बाँच्न सफल भएपनि घरमा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएका छन् । 

 

अहिले खत्रीको परिवार आफ्ना आमा बुवाको घरमा बसिरहेको स्थानीय प्रेमकुमार विश्वकर्माले जानकारी दिनुभयो ।।