• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बाबुको स्मृतिमा सार्वजानिक मञ्च निर्माण

image not found

नारायण ओली 

रुकुम पश्चिम, असोज ३० ।

रुकुम(पश्चिम)को सानीभेरी गाउँपालिका वडा नं ११ मा समाजसेवी भुपालसिङ ओलीले आप्ना बुवाको स्मृतिमा मन्च निर्माण गर्नुभएको छ । ओलीले आफ्ना बुवा नरवीर ओलीको स्मृतिमा काफलबोटमा रहेको शिव आधारभूत विद्यालयको प्राङ्गनमा सार्वजानिक मञ्च निर्माण गर्नुभएको हो ।

 

स्वर्गीय नरवीर ओलीको दोस्रो स्मृति सभाको अबसरमा एक कार्यक्रमकाबिच मंचको उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ । ओलीले करिब २ लाख ५० हजार बराबरको लगानीमा उक्त मञ्चको निर्माण गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका ओलीले समाज परिवर्तन गर्ने हो भने पहिले आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभएको छ । 

 

कार्यक्रममा बोल्ने अन्य सहभागीहरुले ओलीले गरेको यस्तो कार्य निकै सम्मान जनक रहेको भन्दै उक्त कार्यको अरुले पनि सिको गर्नुपर्ने बताएका छन् । भुपालसिङ ओलीको अध्यक्षतामा भएको मन्च उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धनविर ओलिको प्रमुख आतिथ्यता रहेको थियो । 

 

त्यस्तै सानीभेरी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विर्ख बहादुर विष्ट, वडा नं ९ का वडा अध्यक्ष शेरबहादुर खड्का, १ नं वडा अध्यक्ष टेक बहादुर पुन, वडा नं १० का वडा अध्यक्ष कर्णबिर डाँगी, ११ नं वडा अध्यक्ष तुलसीराम बुढाथोकी, नेकपाका प्रतिनिधि दिपेन्द्र विक, मोतिराम रोका, मावि सिम्लीका प्रधानाध्यापक शशिराम विश्वकर्मा लगाएतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको संचालन राजेन्द्र खड्काले गर्नुभएको थियो ।