• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

दुई घण्टा मात्रै मदिरा बेच्न पाउने

image not found

डिल्लीबहादुर खत्री

रुकुम पश्चिम, असोज ३० ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अब दुई घण्टा मात्रै मदिरा बिक्री गर्न पाइने छ । १५ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार मदिरा बेचबिखनको लाइसेन्स भएका ब्यापारीले दुई घण्टा मात्रै मदिरा बेचबिखन गर्न पाउने भएका हुन् ।

 

नगर कार्यपालिकाको यो निर्णय कार्यन्वयनमा आएसँगै लाइसेन्स भएकोले मात्रै साँझ ५ बजेदेखि ७ बजेसम्म मदिरा बेचबिखन गर्न पाइने छ । निर्णय कार्यन्वयनको लागि इलाका प्रहरी कार्यालय र मातहतका निकायहरुसँग समन्वय गरेर सार्वजनिक सुचना प्रकाशन, अन्तरक्रिया, जनचेतना मूलक लगायतका कार्यक्रम गर्न सुरु गरिएको छ । 

 

त्यस्तै साँझ ५ बजेदेखि ७ बजेसम्म बाहेक अरु समयमा मदिरा जन्य वस्तु बिक्रीवितरण नगर्न ब्यापारीलाई अनुरोध समेत गरिएको छ । नगर प्रमुख बिशाल शर्माका अनुसार नगर भित्र ब्यवस्थित मदिरा बेचबिखन गरि मदिराजन्य वस्तुबाट हुने अपराधीक क्रियाकलाप अन्त्य गर्न यस्तो गरिएको हो । 

 

यसबाट मदिरा बेचबिखन गर्ने सिस्टम र पद्धतिको विकास हुन्छ उहाँले भन्नुभयो दर्ता नगरी मदिरा बिक्री गर्नेलाई कानुनको दायरामा आउन यश निर्णयले सहयोग गर्नेछ । नगर प्रमुख शर्माका अनुसार कसैले निर्णय विपरीत मदिरा बेचबिखन गरेमा अहिले नै यस्तो कारबाही गर्ने भन्ने छैन् तर पहिलो चरणमा सम्झाई बुझाई गरिनेछ । 

त्यसपछि भने कानुन अनुसार कारबाही गरिनेछ । उता इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज प्रकाश चन्द गुप्ताले पनि नगरपालिकाको निर्णय अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो हामीले चौरजहारी नगरपालिकाका सबै बजारमा खबर गरिसकेका छौँ, कसैले निर्णय विपरीत मदिरा बिक्री गरेमा उसलाई पहिलो पटक सम्झाउछौँ त्यसपछि पनि अटेर गरेमा नगरपालिकालाई खबर गरेर प्रक्रिया अघि बढाउछौँ ।

 

नगरपालिकाको यस्तो निर्णय पछि यसपटकको दशैँ तिहारमा अपराधिक क्रियाकलपामा कमी आउने विश्वास गरिएको छ ।