• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

विद्युत आयोजना पुरियो

image not found

सानीभेरी समाचार डेस्क

असोज, ३० ।

रुकुम पूर्वमा रहेको जामाखोला लघु जलविद्युत आयोजना पहिरोले पुरेको छ । सिस्ने गाउँपालिका–८, धपेमा रहेको जामाखोला लघु जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह माथिबाट खसेको पहिरोले पुरेको हो । 

 

आज विहान माथिबाट आएको पहिरोले आयोजनामा ठूलो क्षेती पु¥याएको छ । पहिरोमा परी स्थानीय २० बर्षीया जेनुका गौतम घाइते हुनुभएको छ । विद्युत अपरेटरकी श्रीमती गौतम श्रीमानलाई सघाउन विद्युत गृह जानुभएको थियो । अपरेटर उहाँको श्रीमान गणेश पौडेल भने भागेर बच्नुभएको थियो ।

 

घाइते गौतमलाई उपचारको लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले ल्याईएको वडा अध्यक्ष खर्कसिङ थापाले बताउनुभयो । पेनस्टक पाइप फुटेपछि पहिरो गएको अध्यक्ष थापाले जानकारी दिनुभयो । पहिरोका कारण विद्युत आयोजनामा ठूलो क्षेती भएको अध्यक्ष थापाको भनाई छ ।

 

पहिरो झरे लगत्तै वडाअध्यक्ष थापा सहित स्थानीय विद्युत आयोजनाको मुख्य मेशिन जोगाउने प्रयासमा लागेका थिए । ४ बर्ष अघि निर्माण गरिएको उक्त आयोजनाबाट ९ सय बढी उपभोक्ता लाभान्वित छन् । 

 

९० किलो वाट उत्पादन क्षमताको उक्त विद्युत आयोजनाबाट रुकुम पूर्व सिस्ने गाउँपालिकाका ७ र ८ नम्बर वडा तथा रुकुम पश्चिम मुसीकोट नगरपालिकाको १ नम्वर वडाको छिङ वस्तीमा बत्ति बलेको थियो ।