• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बृद्धको भिरबाट लडेर मृत्यु

image not found

श्रीकृष्ण वुढा 

रुकुम पूर्व, असोज ३० ।

रुकुम पूर्बको भुमे गाउँपालिका ५ डालिबाङमा एक बृद्धको भिरबाट लडेर मृत्युु भएको छ । ८० बर्षीय टाउके बिकको खरिकोना भिरबाट लडेर मृत्यु भएको हो ।

 

यहि २६ गतेदेखि घरबाट बेपत्ता भएका बिक आइतबार बेलुकी मृत अबस्थामा फेला पर्नुभएको हो । घरबाट सम्पर्क बिहिन भएका उनलाई स्थानियले खोजि गर्दा खरिकोना भिरको छेउमा मृत अबस्थामा फेला पारेका थिए । बाटोदेखि करिब १५ सय मिटर तल खसेका बिकको टाउकोमा गम्भीर चोट लागेको बताईएको छ ।

 

पछिल्लो केही समयदेखि बिकको मानसिक असुन्तलन ठिक नभएको पारिबारिक स्रोतले जनाएको छ । बिक अबिवाहित हुनुहुन्थ्यो भने नेपाली नागरिकता समेत प्राप्त गर्नुभएको थिएन ।