• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

एम्बुलेन्स खरिदमा ढिलाइ

image not found

डिल्लीबहादुर खत्री रुकुम पश्चिम,

असोज २८ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अझै सम्म दुई एम्बुलेन्स खरिद गर्न सकेको छैन । आर्थिक बर्ष २०७४÷०७५ को बजेटबाट ३ वटा एम्बुलेन्स खरिद गर्ने भनी बजेट निति तथा कार्यक्रम पारित गरिए पनि आर्थिक बर्षको अन्त्य भई २०७५÷०७६ को ३ महिना बितिसक्दा सम्म एक वटा मात्रै एम्बुलेन्स खरिद गरिएको छ । 

 

बाँकी दुई एम्बुलेन्स भने नगरपालिकामा कहिले आउँछन् स्वंम नगरपालिकाको कार्यालय नै अनविज्ञ छ । नगरपालिकाले पहिलो नगर सभाबाट प्रति एम्बुलेन्स २२ लाखको दरले खरिद गर्ने गरि ६६ लाख बजेट विनियोजन गरिएको थियो । 

 

१ वटा एम्बुलेन्स ११ लाखमा खरिद गरि सञ्चालनमा ल्याएपनि बाँकी २ एम्बुलेन्स कहिले खरिद गर्ने र कति पर्ने हो सर्वसाधारण त छँदै छ नगरपालिकाको कार्यालयले नै अनविज्ञता प्रस्तुत गरेको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर कुँवरले यस बिषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताउनुभयो ।

 

म भर्खरै मात्रै नगरपालिकामा आएको हुँ, अघिल्लो आर्थिक बर्षको बजेट कहाँ के छ मलाई थाहा छैन्, अध्यन गरेर प्रष्ट भन्न सकिन्छ  निमित्त प्रशासकीय अधिकृत कुँवरले भन्नुभयो ‘यो आर्थिक बर्षमा कहिँ कतै खरिद गर्ने भनिएको छैन्, कार्यपालिकाको बैठकले बजेटलाई अन्त कतै सिफ्ट गर्ने भनेको भए मलाई जानकारी छैन् । 

 

अघिल्लो आर्थिक बर्षको बजेटले चालू आर्थिक बर्षमा खरिद गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा उहाँले नगर सभाबाट खरिद ऐन नबनाई खरिद गर्न नमिल्ने तर कार्यपालिकाको बैठकले निर्णय गरेर बजेट प्रक्रियामा राख्न भने पाउने बताउनुभएको छ ।