• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

कान्छो जिल्लामा पर्यटन महोत्सव

image not found

सानीभेरी समाचार डेस्क

असोज, २८ ।

संघीयता आएपछि नयाँ बनेको रुकुम(पूर्व)मा पर्यटन महोत्सव हुने भएको छ । राज्य पुनर्संचनाका क्रममा देशकै कान्छो अर्थात ७७ औं जिल्ला बनेको रुकुम पूर्वको पर्यटन विकासका लागि भन्दै आगामि मंसिरमा पर्यटन महोत्सव हुँदै छ । 

 

चेम्बर अफ कमर्स रुकुम पूर्वले आगामि मंसिर २० देखि पौष १ गतेसम्म रुकुम पूर्व पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरेको छ । 

 

नयाँ बनेको जिल्लालाई देशभरीमै चिनाउँने र जिल्लामा रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरी पर्यटन प्रद्र्धनका लागि महोत्सव आयोजना गरिएको चेम्बर अफ कमर्स रुकुम पूर्वका अध्यक्ष दिलिप थापाले जानकारी दिनुभयो ।

 

‘हाम्रो लक्ष पर्यटनका माध्यमबाट कान्छो जिल्ला रुकुम पूर्वलाई देशैभरीमा चिनाउँने हो, उहाँले भन्नुभयो–यसका अलावा जिल्लाको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने पनि लक्ष लिएका छौं ।’ 

 

नाच्ने र गाउँने मात्र नभई महोत्सवमा जिल्लाको कला संस्कृति झल्काउँने खालका प्रसुति रहने र जिल्लाका मुख्य मुख्य पर्यटकिय स्थलहरुको समेत अवलोकण गर्न सक्ने गरी स्टलको व्यवस्था मिलाईने आयोजकले बताएको छ । 

 

जिल्लामा पाईने यार्सागुम्बा, पाँच औँले सहितका जडिबुटि, पुथा हिमाल, सिस्ने हिमाल लगाएतका हिमाल, कमल ताल, गुप्तादह लगाएतका ताल, देउराली ओढार, तातोपानी जस्ता पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा महोत्सवले टेवा पुर्याउँने चेम्बर अफ कमर्स रुकुम पूर्वका सल्लाहकार बिनोद केसीले बताउनुभयो ।

 

जिल्लाका सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिकासंग सहकार्य गरेर जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँन महोत्सव आयोजना गर्न लागिएको उहाँको भनाई छ । महोत्सवमा पर्यटकिय सहित व्यापारीक स्टलहरुको समेत व्यवस्था गरिने केसीले बताउनुभयो । 

 

जिल्लाको संस्कृति झल्किने खालका साँस्कृतिक कार्यक्रम समेत रहने बताईएको छ । जिल्लाको रुकुमकोटमा शनिबार पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सव आयोजनाका बारेमा जानकारी गराईएको हो । चेम्बर अफ कमर्सका अध्यक्ष दिलिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुरेश थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । 

 

कार्यक्रमको संचालन महासचिव तिलक खड्काले गर्नुभएको थियो ।