• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

क्षमता भन्दा चार गुणा बढी कैदी बन्दी

image not found

सानीभेरी समाचार डेस्क

असोज, २७ ।

जिल्ला कारागार रुकुम पश्चिममा क्षमता भन्दा चार गुणा बढी कैदी बन्दी रहेका छन् । कारागारको क्षमता २५ जनाको भएपनि हाल कारागारमा ९८ जना कैदी बन्दीहरु छन् । विभिन्न अपराधिक कृयाकलापमा संलग्न ९२ पुरुष र ६ महिला गरी ९८ जनाले कारागारमा कैद भुक्तान गरिरहेका छन् । 

 

जसमा कर्तव्य ज्यानका ३०, ज्यान मार्ने उद्योगका ९, जबरजस्ती करणीका २४, डाका चोरीका २, खोटाचलनका २, अप्राकृतिक मैथुनका १ र लागुऔषधका ६ जना रहेका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका ४, गर्भपतनका २, अपहरण तथा शरिर बन्धकका २, सवारी ज्यानका ५, बैदेशिक रोजगारी ठगिका १, गौ बधका ३ र चोरी शिर्षकका ७ जना रहेका छन् । 

 

जिल्ला कारागारमा ३ जना नाबालक पनि रहेका छन् । बाहिर संरक्षक नभएका दुई बालक र एक बालिका आमा संगै कारागारमा रहेको जिल्ला कारागारले जनाएको छ । साविकको सिंगो रुकुम जिल्ला हाल पश्चिम र पूर्व गरी दुई जिल्लामा विभाजन भएपनि दुवै जिल्लाका कैदीबन्दी पश्चिमकै कारागारमा रहेका छन् । 

 

रुकुम पूर्वका कैदीबन्दी पनि पश्चिमकै कारागारमा राख्नुपर्ने भएकाले पनि कैदी बन्दीको चाप अत्यधिक रहेको जेलर लोकवहादुर घर्तीले बताउनुभयो । नयाँ जिल्ला बनेपछि मात्र रुकुम पूर्वका ३० जना कैदी बन्दी जिल्ला कारागारमा रहेको उहाँको भनाई छ । 

 

त्यस्तै पछिल्लो समय दिन दिनै कैदी बन्दीहरु थपिने क्रम पनि बढि रहेको घर्तीले बताउनुभयो । क्षमता भन्दा चार गुणा बढि सम्म कैदी बन्दी रहदा व्यवस्थापनमा निकै ठुलो समस्या भैरहेको जेलर घर्तीले बताउनुभयो । उहाँका अनुसार खानपिन, सरसफाई तथा सुत्न समस्या भैरहेको छ ।