• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

विवाद टुङ्गो लगाउन नेकपाका नेताहरु छलफलमा

असोज, २६ ।

शीर्ष नेता बीच कुरा नमिल्दा लम्बिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकीकरण प्रक्रिया दसैंअघि नै सकिने भएको छ । नेकपाको माथिल्लो तहमा एकिकरण पछि कार्यविभाजन भए पनि तल्लो तहका जिल्ला, प्रदेश तथा जनवर्गिय संगठनमा एकता हुन अझै बाँकी छ । 

यसअघि सचिवालयले गरेका निर्णयमा नेता माधव नेपाल समूह असन्तुष्ट बनेपछि नयाँ मापदण्ड तय गर्ने बारेमा छलफल चलेको छ । नेता सुवासचन्द्र नेम्वाङले दशैअघि विवाद मिल्ने दाबी गर्नुभयो । भोलि नेकपाले सचिवालय बैठक बोलाइको छ  ।  

उहाँले नेताहरु बीच आन्तरिक छलफल भइरहेको पनि बताउनु भएको छ । नेता नेम्वाङका अनुसार सचिवालयको बैठकले मापदण्ड बनाइ सकेकाले विवाद रहेका ठाउँमा छलफल गरेर टुङ्गो लगाइनेछ । 

वामदेव गौतमले सांसद बन्न चुनाव नलड्ने बताउनु भए पनि त्यस विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ ।