• अहिले तरंगमारेडियो प्रशारण सेवा सुरुवात
  • केहि छिनमाराष्ट्रिय गीतहरु

ताजा अपडेट :

समाचार

भूमेमा अर्गानिक कृषि अनुसन्धान केन्द्र

image not found

जयमान वुढा मगर

रुकुम पूर्व, असोज २६ ।

रुकुम(पूर्व)को भूमे गाउँपालिकाले कृषि अनुसन्धान केन्द्र स्थापना गर्नुका साथै प्रत्येक बीउमा कृषकलाई ७५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ । विभिन्न खालका खाद्यान्न अन्न, फलफूल, तरकारीको अनुसन्धान गरि कुन ठाउँमा कस्तो खालका कृषि उपज उत्पादन हुन्छ भनि पत्ता लगाउँनका लागि मारिङमा कृषि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । 

 

कृषकले उक्त ठाउँबाट कृषि प्राविधिकहरुको सल्लाह लिएर आफ्नो खेतमा कस्तो बाली उत्पादन हुन्छ भनेर थाहा पाउँन सक्ने गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । वडा नम्बर २ र ७ मा पर्ने मारिङमा अघिल्लो आर्थिक वर्षमा अर्गानिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने भनेर घोषणा गरेको थियो ।

 

त्यस्तै गाउँपालिकाले बीउमा ७५ प्रतिशत अनुदान दिने गरी नीति समेत बनाएको छ । विभिन्न तरकारी तथा अन्न बालीको बिउ बिजन लगाई उत्पादन भएको बिउलाई बिक्री वितरण गरिने गाउँपालिकाका अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो । गाउँपालिकाको नीति तथा कार्यक्रममा पहिलो  प्राथमिकता कृषिलाई दिएको छ । 

 

जसमा “अर्गानिक उत्पादन, भूमेको पहिचान” नारा पालिकाले अपनाई आफैँले विषाधि मुक्त तरकारी तथा अन्न बाली उत्पादन गर्नको लागि मारिङलाई कृषि अनुसन्धान केन्द्र बनाईएको बुढाको बनाई रहेको छ । 

 

कृषि अनुसन्धान केन्द्र मारिङमा २ जना स्वयमसेवक कृषि प्राविधिक खटाई सकिएको छ । अहिले मारिङमा पहिलो पटक गाजर, मुला, सिमी, प्याज, रायो साग, केराउ, काउली लगायत बेर्नाको नर्सरी गरिएको भूमे गाउँपालिकाका कृषि शाखाका सहायक प्राविधिक खिम बहादुर रोकायले बताउनुभयो । 

 

अब सबै खालका फलफूल, तरकारी र खाद्यन्न अन्न  तथा बिउ बिजन उत्पादन गर्ने गाउँपालिकाले जनाएको छ ।