• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

चाडबाडमा हुने महँगी र कालोबजारीलाई रोक्न बजार अनुगमण

image not found

सानीभेरी समाचार डेस्क 

असोज, २६ ।

नेपालीहरुको महान चाड बडा दशैं सुरु भएसंगै बजारमा हुने कालोबजारी र महँगीलाई रोक्न मुसीकोट नगरपालिकाले बजार अनुगमण थालेको छ । 

 

चाडबाडका बेलामा हुन सक्ने सम्भावित कालोबजारी र महँगीलाई लक्षित गरेर नगरपालिकाले नगरपालिका भित्रका बजारहरुमा अनुगमण थालेको हो । नगरपालिकाले तीन दिन देखि लगातार बजार अनुगमण गरिरहेको छ । 

 

म्याद गुज्रिएका सामान, मुल्य सुचि, साईनबोर्ड भए नभएको, दर्ता तथा नबिकरण भए नभएको लगाएतको अनुगमण भैरहेको मुसीकोट नगरपालिकाका उपप्रमुख तथा अनुगमण समितिका संयोजक प्रेमकुमारी सुनारले बताउनुभयो । 

 

चाडबाडका बेलामा सामान स्टक राखेर कृतिम अभाव सृजना गर्ने गरिएकाले यस तर्फ पनि अनुमण भैरहेको उनको भनाई छ । पहिलो दिन मंगलबार मुसीकोट खलंगाका केही बजार, दोस्रो दिन बुधबार सोलाबाङ बजार र तेस्रो दिन आज शेरिगाउ, बागबजार लगाएतका बजारमा अनुगमण गरिएको छ । 

 

तीन दिनमा करिब ५० बढी पसलमा अनुगमण गरिएको अनुगमण संयोजक सुनारले जानकारी दिनुभयो । अनुगमणबाट म्याद गुज्रिएका सामान बरामद गरेर नष्ट समेत गरिएको छ । 

 

हालसम्म करिब ५० हजार मुल्य बराबरका म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गरिएको बताईएको छ । अनुगमणबाट अधिकांस पसलेले मुल्य सुचि नै नराखेको पाईएको छ । 

 

मुल्य सुुचि नराखिदा उपभोक्ताहरुले एउटै सामानको मुल्य पनि पसलै पिच्छे फरक फरक तिरिरहेको पाईएको छ । उपभोक्ताहरु ठगिने गरेको पाईएपछि सबै पसलमा अनिवार्य मुल्य सुचि राख्न अनुगमण टोलीले निर्देशन दिईरहेको छ । 

 

नगरका सबै बजारमा अनुगमण गरिने अनुगमण टोलीले जनाएको छ । नगर भित्र रहेका मुख्य मुख्य सबै बजारमा अनुगमण हुने छ । अनुगमण टोलीमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, घरेलु तथा साना उद्योग विकास समिति, कृषि, भेटेनरी, पत्रकार र स्वास्थ्यका प्रतिनिधिहरुको सहभागीतामा अनुगमण भैरहेको छ ।