• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

अनुसन्धानमा रुकुम प्रहरी ९३ प्रतिशत सफल

image not found

सानीभेरी समाचार डेस्क

असोज, २६ ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले अनुसन्धानमा ९३ प्रतिशत सफल भएको दाबी गरेको छ । पछिल्लो तीन महिनामा जिल्लामा भएका अपराधिक घटनाको अनुसन्धानमा ९३ प्रतिशत सफल भएको प्रहरीले दाबी गरेको हो । 

 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जिल्लामा चालु आर्थिक वर्षको श्रावण देखि हालसम्मको करिब ३ महिनामा ३२ वटा अपराधिक घटना भएकामा ९३ प्रतिशत अनुसन्धान सफल रहेको बताउनुभयो । 

 

जिल्लामा गत श्रावण देखि हालसम्म कर्तव्य ज्यानका १, चोरीका ९, लागु औषधका ३, केहि सार्वजनिक अपराधका ४, सार्वजनिक शान्ति विरुद्धको कसुरका २, सार्वजनिक हित, शान्ति, सुरक्षा तथा नैतिकता विरुद्धको कसुरका ४, जबरजस्ती करणीका ३, जवरजस्ती करणी उद्योगकका ३, बहु बिवाहका १ र सवारी ज्यान सम्बन्धीका २ वटा गरी ३२ वटा घटना भएका थिए । 

 

जस मध्य सवारी ज्यानको १ र सार्वजनिक हित, शान्ति, सुरक्षा तथा नैतिकता विरुद्धको कसुरको १ गरी दुई घटनाको अनुसन्धान भैरहेको र बाँकी ३० वटा घटनामा सफल अनुसन्धान गर्न प्रहरी सफल भएको डिएसपी खड्काले बताउनुभयो । यी घटनामा संलग्न भएको आरोपमा ५३ जना पक्राउ परेको बताईएको छ ।  

 

पछिल्लो समय अनुसन्धानमा सफलता हात लाग्ने क्रम बढ्दै गएको प्रहरीको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनमा यस वर्ष अनुसन्धानमा सफलता हात लाग्ने क्रम बढेको डिएसपी खड्काले दाबी गर्नुभयो । 

 

‘हामि दिनरात नभनि शान्ति सुरक्षा कायम गर्ने र कुनै घटना हुने बित्तिकै त्यसको गहिरो अनुसन्धानमा लागेका छौं, उनले भने–चालु आर्थिक वर्षको ३ महिनामा भएका अनुसन्धानमा जुन सफलता मिलेको छ, त्यसबाट हामिलाई ठुलो हौसला मिलेको छ ।’ 

 

आम नागरिकहरुले महशुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न सफल भएको समेत उहाँले दाबी गर्नुभयो ।