• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

रुकुम पश्चिममा पनि ६३ औं प्रहरी दिवस मनाईयो

image not found

सानीभेरी समाचार डेस्क

असोज, २५ ।

शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले कुनै सम्झौता गर्न नहुँनेमा रुकुम(पश्चिम)का सरोकारवालाहरुले जोड दिएका छन् । केहि घटना क्रममा प्रहरीको समेत मिलेमतो देखिएको प्रसंग उल्लेख गर्दै सरोकारवालाले कानुनका रक्षक प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि कुनै कसर राख्न नहुँने बताएका थिए । 

 

६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले आयोजना गरेको कार्यक्रममा प्रहरीले नै शान्ति सुरक्षा कायम गर्ने मामलामा सम्झौता गरेमा शान्ति सुरक्षा कायम नहुँनुका साथै पिडितले समेत न्याय नपाउँने सरोकारवालाहरुको भनाई थियो ।

 

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले शान्ती सुरक्षा कायम गर्नका लागि दिन रात नभनि प्रहरी खटिएको उल्लेख गर्नुभयो । शान्ति सुरक्षा कायम गर्ने तथा अनुसन्धानको मामलामा जिल्लामा प्रहरीले राम्रो सफलता हात पारेको उहाँको भनाई छ । 

 

जिल्लामा भएका विभिन्न अपराधिक घटनामा प्रहरी ९३ प्रतिशत सफल भएको तथ्यांक रहेको उहाँले बताउनुभयो । प्रहरीलाई सफल पार्नका लागि नागरिकहरुको ठुलो हात हुने र प्रहरी सफल हुनु भनेकै समाजमा शान्ति सुरक्षा र अमन चयन कायम हुनु भएको डिएसपी खड्काको भनाई छ । 

 

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख इन्दिरा बुढाको प्रमुख र मुुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमको विशेष आतिथ्यता रहेको थियो । 

 

कार्यक्रममा जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, महिला अधिकारकर्मी, नागरिक समाज, पत्रकार, पूर्व प्रहरी, सहिद परिवार लगाएतको उपस्थिति रहेको थियो । डिएसपी खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक प्रकास रानाले गर्नुभएको थियो । 

 

यसैविच दिवसको अवसरमा प्रभातफेरी समेत निकालिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरी खलंगा बजार परिक्रम गर्दै पुनः जिल्ला प्रहरी कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । 

 

त्यस्तै दिवसको अवसर पारेर सहिद प्रहरीका परिवार र पूर्व प्रहरीलाई सम्मान समेत गरिएको छ ।