• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

प्रहरीद्धारा ३० केजी २ सय ग्राम अफिम नष्ट

image not found

२८ मंशीर-सानीभेरी समाचार डेस्क/जिल्ला प्रहरी कार्यालय रुकुमले ठुलो परिमाणको अवैध लागु औषध अफिम नष्ट गरेको छ । मुसिकोट नगरपालिकाको भण्डारीकाँडाबाट बरामद गरिएको ३० केजी २ सय ग्राम अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो । 

 

जिल्ला प्रहरी कार्यालयमा उक्त अफिम नष्ट गरिएको हो । प्रहरीले यहि मंसिर १५ गते राती उक्त अफिम सहित मुसिकोट ११ का ३४ वर्षिय प्रेमबहादुर गिरीलाई पक्राउ गरेको थियो । गिरीलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरी निरिक्षक रजालीले बताउनुभयो ।