• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

जवरजस्ती करणीको मुद्धामा एक पक्राउ

image not found

सानीभेरी समाचार डेस्क 

असोज, २५ ।

जवरजस्ती करणीको आरोपमा रुकुम पश्चिममा एक युवक पक्राउ परेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ५ हुकामका ३० वर्षिय सुबिन्द्र घर्तीलाई प्रहरीले जवरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो । 

 

घर्तीले मुसीकोट नगरपालिका १ को चन्दननाथ टोलमा कोठा भाडामा बस्दै आईरहेकी बाँफिकोट गाउँपालिकाकी ३० वर्षिया एक महिलालाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

 

घर्तीले सोमबार राति अन्दाजी १२ बजेतिर ढोकाको चुकुल खोली भित्र प्रवेश गरेर सुतिराखेको अवस्थामा कुटपिट गरी जबरजस्ती करणी गरेर पिडितको २० हजार नगद समेत चोरी लगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

 

घर्तीलाई मंगलबार बिहान साढे १ बजेको समयमा मुसीकोट खलंगामा रहेको कृषि विकास बैंक नजिकैबाट पक्राउ गरिएको उहाँको भनाई छ । घर्तीको साथबाट पिडितको मोबाईल र नगद १६ हजार समेत बरामद गरिएको डिएपि खड्काले बताउनुभयो । 

 

जबरजस्ती करणी मुद्धामा जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । घर्तीलाई आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।