• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

अनाथ बालबालिकालाई कपडा वितरण

image not found

डिल्लीराज बिश्वकर्मा 

रुकुम पश्चिम, असोज २४ ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा दसैँको अवसरमा अनाथ बालबालिकालाई कपडा वितरण तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सिस्ने बाल गृह आठविसकोटले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिका भित्रका ८ जना अनाथ बालबालिकालाई कपडा वितरण गरिएको हो । 

 

आठविसकोट नगरपालिका राडीमा घर भई हाल अमेरीकामा बस्दै आउनु भएकी जयन्ती थापाको आर्थिक सहयोगमा १५ हजार १ सय १४ रुपैया बराबरको अनाथ बालकालिकालाई न्यानो कपडा वितरण गरिएको हो । त्यस्तै अनाथ बालबालिकालाई यसपालिको दसैँ मान्न सहज होस भनी आठविसकोट नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीले १२ हजार बराबरको खसी उपलब्ध गराउनुभएको छ ।

 

अनाथ बालबालिकाहरुले पनि दसैँ आएको महशुस गरुन भनी दसँैमा आफुले पाउने सेवा सुबिधा बापतको रकम छुट्याएर बालबालिकाहरुका लागी खसी उपलब्ध गराएको नगर प्रमुख केसीले बताउनु भयो । त्यस्तै वडा नं. १२ का वडा अध्यक्ष खम्मे कुसारिले अनाथ बालबालिकालाई ५ हजार प्रदान गर्नु भएको छ । 

 

कार्यक्रममा बोल्दै सिस्ने बाल गृह आठविसकोटकी अध्यक्ष सुनिता चँदाराले बाल गृहको अध्यक्षले मात्रै पहल गरेर बाल गृह सुधार नहुने भएकाले सरोकार वाला निकाय लगाएत नगरबासी सबै मिलेर अघी बढ्नु पर्ने बताउनुभयो । बाल गृहकी अध्यक्ष सुनिता चँदाराको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख गोर्ख बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा नगर उपप्रमुख गीता नेपाली, विभिन्न सँघ सस्थाका प्रतिनिधी, स्थानिय लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य प्रेमबिर विकले गर्नुभएको बताईएको छ ।