• अहिले तरंगमारेडियो प्रशारण सेवा सुरुवात
  • केहि छिनमाराष्ट्रिय गीतहरु

ताजा अपडेट :

समाचार

मिक नेपालद्धारा अभ्यास पुस्तिका वितरण

image not found

जयमान वुढा मगर

रुकुम पूर्व, असोज २४ ।

रुकुम पूर्व भूमे गाउँपालिका २ मा रहेको हिमालय आधारभूत विद्यालय गाबाङमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई अभ्यास पुस्तिका वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच मिक नेपाल रुकुमले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि सहयोग अभ्यास पुस्तिका वितरण गरेको हो ।

 

मिक नेपालले २ सय १६ ओटा पुस्तिका उपलब्ध गराएकोमा ३४ जना विद्यार्थीलाई ६÷६ ओटाको दरले वितरण गरिएको प्राध्यानाध्यपक झगबहादुर श्रेष्ठले बताउनुभयो । मिक नेपाल संस्थाले विद्यालयमा बाल कक्षा विद्यार्थीका लागि खेलौना सामाग्री, शिकाई पुस्तक, सरसफाई सामाग्री र विद्यालयका लागि पनि भौतिक निर्माण, प्रविधिका सामाग्री, शिक्षकलाई तालिम, अभिभावकसंग अन्तरक्रिया कार्यक्रम लगाएतको सेवा दिई राखेको प्राध्यानाध्यपक श्रेष्ठको भनाइ छ ।

 

बहु शिक्षामा पढाई भै राखेका भूमेका आधारभूत विद्यालयमा अभ्यास पुस्तिका अहिलेको चरणमा प्रत्येक विद्यालयमा २ सय १६ ओटा अभ्यास पुस्तिका सहयोग गरिएको मिक नेपाल रुकुमका अध्यक्ष मुकुन्द पुनले जानकारी दिनुभयो । गरिव, जेहेन्दार विद्यार्थीका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चामबहादुर बुढाको अध्यक्षतामा भएको अभ्यास पुस्तिका वितरण कार्यक्रममा शिक्षक, अबिभाबक, विद्यार्थी लगाएतको उपस्तिथी रहेको थियो । प्राधानाध्यापक झग बहादुर श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक चिन्तामणी गौतमले गर्नु भएको थियो ।