• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

भिरबाट लडेर मृत्यु

image not found

सानीभेरी समाचार डेस्क

असोज, २४ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १२ पितिवाङका ५५ वर्षीय भिमबहादुर रोकायको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सोमबार बेलुकी घर नजिकै लडेर रोकाय गम्भीर घाइते हुनुभएको थियो । घाइते रोकायको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रकुम पश्चिमले जनाएको छ ।