• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

माधव नेपाल समूहको असन्तुष्टि सकभर सचिवालय बैठकले स‌ंवोधन गरिने

असोज २३ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र नेता माधव नेपाल समूहले व्यक्त गर्दै आएको असन्तुष्टि सचिवालयको बैठकबाट संवोधनको कोसिस गर्ने भएको छ । नेपाल समूहको असन्तुष्टि र तल्लो तहसम्मै पार्टी एकीकरणको बारेमा छलफल गर्न सचिवालयको बैठक भोलि बस्दैछ । 

 

नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेता नेपालले राखेको असहमतिपत्र हिजोको बैठकमा पेस भएको र यस बारेमा भोलि छलफल गरिने जानकारी दिनुभयो । उहाँका अनुसार यसबारेमा सचिवालय बैठकमा कुनै निर्णय नभए स्थायी कमिटीको बैठकमा छलफल गर्ने तयारी नेकपाका शीर्ष नेताहरूले गरेका छन् । 

 

स्थानीय र प्रदेशस्तरको जिम्मेवारी तोक्दा एकलौटी ढङ्गबाट गरिएको भन्दै नेता नेपालले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आउनु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबीच देखिएको विवाद् मिलाउन नसक्दा सचिवालय बैठक पनि प्रभावित हुने गरेको छ । 

 

तल्ला कमिटीको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे हिजोको बैठकमा सामान्य छलफल मात्रै भएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।