• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

शार्बजनिक शौचालय बिहिन नगरपालिका

डिल्ली बहादुर खत्री 

रुकुम पश्चिम, असोज २३ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिकामा एक वटा पनि सार्वजनिक शौचालय छैन । बजार क्षेत्रमा सार्वजनिक सौचालय नहुँदा सामान किनमेल गर्न बजार पुगेका सर्वसाधारणलाई दिसापिसाब गर्न समस्या हुने गरेको छ । 

 

यस नगरपालिकाले पहिलो नगर सभाबाट नै नगर भित्रका सबै बजार क्षेत्रमा सार्वजनिक सौचालय निर्माण गरि एक जनालाई प्रति सौचालय रोजगार प्रदान गर्ने निति तथा कार्यक्रम पारित गरेको थियो । तर अहिलेसम्म पनि उक्त निति तथा कार्यक्रम कार्यन्वयन गर्ने तर्फ भने नगरपालिका मौन रहेको छ । 

 

सौचालय बनाउने भनेको ठाउँमा जग्गा उपलब्ध हुन् नसकेको कारण सार्वजनिक सौचालय बनाउन नसकेको नगरपालिकाको भनाइ छ ।  नगर प्रमुख बिशाल शर्माले भन्नुभयो हामीले सार्वजनिक सौचालयको लागि जग्गा खोजिरहेका छौं, सम्बन्धित ठाउँमा जग्गा उपलब्ध नभएको कारण सौचालय बनाउन सकेका छैनौं जग्गा उपलब्ध हुने बित्तिकै सार्वजनिक सौचालय बनाउन सुरु गर्छौं ।’

 

उहाँकै शब्दमा ‘जग्गा नभएपछि सौचालय आकाशमा बनाउनेत होइन् नि जग्गा उपलब्ध भएपछि हामी तत्कालै सार्वजनिक सौचालय बनाउन सुरु गर्छौं ’। जग्गा खोजि गर्ने जिम्मेवारी कस्को हो ? भन्ने प्रश्नमा नगर प्रमुख शर्माले भन्नुभयो सम्बन्धित ठाउँका ब्यवसायीहरुले जग्गा उपलब्ध बनाउने हो, जग्गा उपलब्ध बनाएपछि सार्वजनिक सौचालय निमार्ण हुनेछन् । 

 

उहाँका अनुसार यो आर्थिक बर्ष भित्र भने सार्वजनिक सौचालय निर्माण गरिनेछ । उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारले नगरपालिकाले अहिलेसम्म जग्गा चाहियो भनेर ब्यापारीसँग समन्वय गर्न नआएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो हामीसँग जग्गा प्रशस्त छ नगरपालिकाले कुनकुन ठाउँमा सौचालय बनाउने हो, नगरपालिका समन्वय गर्न आएपछि जग्गा दिन तयार छौँ ।