• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

छुट्टा छुट्टै घटनामा परी २ जनाको मृत्यु

image not found

सानीभेरी समाचार डेस्क

असोज, २३ ।

रुकुम पश्चिम मुसिकोट नगरपालिकामा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–९, घोरनेटीका ५२ वर्षीय केवलसिङ खड्काको आफैले पालेको गोरुले हान्दा मृत्यु भएको हो । 

 

आफ्नै गोरु लिएर छिमेकी झकप्रसाद खड्काको बारी जोत्न गएका उहाँलाई सोमबार बिहान ८ बजेतिर गोरुले हानेको थियो । गोरुले हानेपछि घरमा पु¥याउँदा खड्काको मृत्यु भैसकेको बताईएको छ ।

 

स्वास्थ्यकर्मी उहाँको घर पुग्नु अगावै उहाँको मृत्यु भएको वडा अध्यक्ष नबीन ओलीले जानकारी दिनुभयो । खड्काको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम पछि हिजो दाह संस्कार गरिएको प्रहरीले जनाएको छ ।

 

यसैबीच रुकुम पश्चिममा एक व्यक्तिको नदिमा बगेर मृत्यु भएको छ । सानीभेरी गाउँपालिका–२, का ३५ वर्षीय शशिधर कुँवरको सानीभेरी नदीमा बग्दा मृत्यु भएको हो ।

 

सानीभेरी गाउँपालिका–२, को सिस्ने खोला नजिकै सानीभेरी नदीमा पौडने क्रममा बगेका कुुँवरको नदीमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।