• अहिले तरंगमारेडियो प्रशारण सेवा समापन
  • केहि छिनमाशुभ सपनी

ताजा अपडेट :

समाचार

सल्ले विमानस्थल तीन महिनापछि सञ्चालन

image not found

सानीभेरी समाचार डेस्क 

असोज, २२ ।

रुकुम(पश्चिम)को सल्ले विमानस्थल तीन महिनापछि सञ्चालनमा आएको छ । विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले आइतबार देखि सेवा सुरु गरेको हो । 

 

निगमको जहाजले काठमाडौं–रुकुम–नेपालगञ्ज उडान गरेर सेवा सुरु गरेको छ । जहाजले काठमाडौं र नेपालगञ्ज गरी पुरानैै तालिका अनुसार सातामा एक÷एक दिन उडान भर्ने निगम सल्लेका निमित्त प्रमुख रमेश पोखरेलले बताउँनुभयो । उहाँका अनुसार जहाजले आइतबार काठमाडौं–रुकुम–नेपाजगञ्ज र सोमबार नेपालगञ्ज–रुकुम–काठमाडौं उडान भर्ने छ ।

 

यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपुग र ग्राउडेड भएपछि सेवा बन्द भएको थियो । दसैंतिहार नजिकिँदै गर्दा हवाइ सेवा सञ्चालनमा आएपछि रुकुम पश्चिम र पूर्वका सर्वसाधरण लाई यात्रामा सहज हुने देखिएको छ ।