• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

खेलकुदमन्त्रीलाई गृहक्षेत्रमा भव्य स्वागत

image not found

२८ मंशीर-सानीभेरी समाचार डेस्क/गृह जिल्ला रुकुममा रहनुभएका युवा तथा खेलकुद मन्त्री दलजित शेर्पालीले जिल्लाका पुर्वी भेगका विभिन्न ठाउँमा जनभेटघाट तथा छलफललाई जारी राख्नुभएको छ । उहाँ अहिलेसम्म सहिद शुक्र उच्च मावि मोरावाङ, काक्रीको खावाङ बगर, त्रिवेणी मावि काक्रि, शिद्धचौर उच्च मावि लुकुम लगाएतका ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । 

 

उहाँलाई उक्त ठाउँमा बाजागाजा सहित स्वागत गरिएको थियो । त्यस्तै मन्त्री शेर्पाली आफुले अध्यन गरेको रोल्पा जिल्लाको थपाङमा रहेको बलभद्र माविमा पनि पुग्नुभएको छ । उहाँलाई बिद्यालयले अभिनन्दन गरेको बतार्ईएको छ । 

 

जनभेटघाटमा रहनुभएका मन्त्री शेर्पालीलाई जिल्लावासीले विभिन्न माग सहित ज्ञापन पत्र पनि बुझाएका छन् । विकास निर्माण सहित विभिन्न माग राख्दै जिल्लावासीले ज्ञापन पत्र बुझाएको मन्त्री शेर्पालीको सचिवालयले जनाएको छ । 

 

त्यस्तै उहाँलाई महतमा रहेको जनजागृति माविले स्वागत गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले मन्त्री शेर्पालीलाई स्वागत गरेको हो । त्यस्तै कार्यक्रम मार्फत गाविसवासीहरुले विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएका छन् । 

 

पुर्व गाविस अध्यक्ष देववहादुर बुढाले ज्ञापन पत्र बुझाउनुभएको हो । जेष्ठ अभिभावक सिंहवहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गञ्जवहादुर ओलीले गर्नुभएको थियो ।।