• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

साढे ११ लाख बराबरको राहात वितरण

image not found

सानीभेरी समाचार डेस्क 

असोज २१ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका बाढि, पहिरो पिडितलाई राहात वितरण गरिएको छ । नगरपालिकाको पहलमा एक गैरसरकारी संस्थाले नगरपालिकाका दुई सय २८ घर परिवारलाई पाँच हजारका दरले राहात सामाग्री वितरण गरेको हो । 

 

नेपाल ख्रीष्टिय राहत सेवा, भनीमण्डल, ललितपुरले अन्तराष्ट्रिय गैर सरकारी संस्था सामरिटन पर्स क्यानडाको समन्वयमा खाद्यान्न तथा गैर खाद्यान्नका सामाग्रीहरु वितरण गरेको नगरपालिकाले जनाएको छ । 

 

नगरपालिकाका जनप्रनिधि र कर्मचारीको रोहबरमा प्रतिपरिवार २५ केजि चामल, तीन केजि दाल, एक लिटर तेल, एक केजि नुन, एउटा म्याट्रेस, एउटा ब्ल्यांकेट, एउटा झुल, एउटा त्रिपाल र ३१ परिवारलाई एक÷एक बण्डल जस्तापाता बाँढिएको हो । 

 

नेपाल ख्रीष्टिय राहत सेवा, भनीमण्डल, ललितपुरकी रोमी केसी र नगर प्रमुख गोर्खवहादुर केसी लगाएतले राहात सामाग्री वितरण गर्नुभएको हो ।

 

गत श्रावण २७ गते देखि भाद्र ४ गते सम्म भएको अविरल वर्षाको कारण आएको बाढि, पहिरो र भू–क्षयबाट नगरपालिकाका विभिन्न ठाउँमा ६ करोड बराबरको क्षति भएको थियो । 

 

क्षतिको विवरण संकलनका लागि नगरपालिकाले निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय प्राकृतिक प्रकोप पिडित छानविन समितिले घर, खेत, घट्ट सहितका अन्य संरचनामा गरी ६ करोड बराबरको क्षति भएको प्रतिवेदन तयार पारेको छ । 

 

नगरपालिकाका ३१ परिवार पूर्ण रुपमा विस्थापित भएका थिए भने अन्य परिवार आंशिक रुपमा प्रभावित भएका थिए । समितिले बाढी पहिरोबाट नगरपालिकाका सबै वडामा क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी वडा नम्बर ११ मा क्षति पुगेको छ । 

 

उक्त वडामा मात्र १७ घर परिवार बाढि, पहिरो र भु–क्षयका कारण पूर्णरुपमा बिस्थापित भएका थिए । पूर्ण रुपमा विस्थापित नगर भरिकै कुनैपनि घर परिवार अझै पुनस्र्थापित हुन सकेका छैनन् । उनिहरु अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।