• अहिले तरंगमारेडियो प्रशारण सेवा सुरुवात
  • केहि छिनमाराष्ट्रिय गीतहरु

ताजा अपडेट :

समाचार

वडा कार्यालयद्धारा सरसफाइ कार्यक्रम संचालन

image not found

सानीभेरी समाचार डेस्क

असोज, २० । 

 

सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा बजार सरसफाइ अभियान संचालन गरिएको छ । वडा नम्बर ४ र ५ तथा बाँझकोट स्वास्थ्यचौैकी च्युराको संयुक्त आयोजनामा सरसफाइ अभियान थालिएको हो ।

 

वडा कार्यालय र स्वास्थ्चौकीको पहलमा ५ नम्बर वडाको नाथेखोला बजार, च्युरा बजार र ४ नम्बर वडा कार्यालय रहेको गर्चेबजार सरसफाइ गरिएको ४ नम्बर वडा अध्यक्ष मोमत रोकाले जानकारी दिनुभयो ।

 

‘स्वच्छ बजार घर आगन सरसफाइ गरौं, स्वस्थ जीवन बनाऊ’ भन्ने नाराका साथ जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, स्वास्थ चौकी कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानिय, वुद्धिजिबी, स्थानीय लगाएको उपस्थितिमा सरसफाइ गरिएको बताईएको छ ।

 

त्यस्तै अन्य टोलहरुमा पनि सम्बन्धित वडा सदस्यको नेतृत्वमा सरसफाइ गरिने ५ नम्बर वडा कार्यालयले जनाएको छ  ।।