• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

कला संस्कृतिलाई प्रबद्र्धन गर्न कला केन्द्रको स्थापना

image not found

नारायण ओली 

सिम्ली, असोज २० ।

 

रुकुम(पश्चिम)को सानीभेरी गाउँपालिकामा कला संस्कृतिको संरक्षणका लागि कला केन्द्रको स्थापना गरिएको छ । कला, संस्कृति, पर्यटन प्रबद्र्धन मञ्च सानीभेरीले गाउँपालिकाको कला संस्कृतिलाई संरक्षण गर्नका लागि कला केन्द्र स्थापना गरेको हो । 

 

पुराना कला, संस्कृति लोप हुदै गएकाले त्यसलाई जोगाई राख्न भेरीदह कला केन्द्र स्थापना गरिएको छ । पुराना लोकभाका तथा नाच ख्याली, ठाडिभाका, सिंगारु तथा पैसेरु लगाएतको संरक्षणका लागि कला केन्द्र स्थापना गरिएको कला संस्कृति पर्यटन प्रबद्र्धन मञ्चका अध्यक्ष अनिल कौशलले जानकारी दिनुभयो ।

 

कला केन्द्रको एक कार्यक्रमको आयोजना गरी उद्घाटन समेत गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सानीभेरी गाउँपालिका उपाध्यक्ष इन्दिरा ओलीले कला संस्कृतिकलाई बचाउनका केन्द्रले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

 

मञ्चका अध्यक्ष अनिल कौशलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का अध्यक्ष विर्खबहादुर बिष्ट, वडा नं ९ का अध्यक्ष शेरबहादुर खड्का, कार्यपालिका सदस्य कमला रोका, विरसिंह बिक, नेकपाका प्रतिनिधि भुपाल सिंह ओली, दिपेन्द्र बिक, नेपाली काँग्रेसका प्रतिनिधि रीपबहादुर ओलीको पनि आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष तिलक बिकले गर्नुभएको थियो ।।