• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

image not found

सानीभेरी समाचार डेस्क 

असोज, २० ।

 

रुकुम पूर्वमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट पूर्वको भुमे गाउँपालिका २ काक्रि तर्फ जादै गरेको म १ त ७९७ नम्बरको ट्याक्टरबाट खस्दा भुमे दुई सीमचौरकी २४ वर्षिय सुनकुमारी घर्तिको मृत्यु भएको हो । 

 

भुमे गाउँपालिका २ को सीतचौर भन्ने ठाउँमा ट्याक्टरबाट खसेर गम्भिर घाइते भएकी घर्तिको उपचारको क्रममा रुकुमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तिव्र गतिमा रहेको ट्याक्टरबाट खसेकी घर्तिलाइ अगाडीको पाङ्ग्राले किचेको थियो । ट्याक्टर र ट्याक्टर चालक जाजरकोटका शितल शाही नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिनुभयो ।