• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

मलेसियामा एक रुकुमेलीको मृत्यु

image not found

सानीभेरी समाचार डेस्क 

असोज १९ ।

रोजगारीको शिलशिलामा मलेसिया गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ९ का हरि शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेको बताईएको छ । 

 

केलाङ सेन्टर मेरु नजिकै एल.एस.के. म्याटर्स वल्र्ड कम्पनीमा काम गर्ने शाही आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेको उहाँसंगै रहेका दिनेश नेपालीले जानकारी दिनुभयो । 

 

राती  १२ बजे सम्म काम गरेर सामान्य अवस्थामा कोठा फर्किएका शाही बिहान सुतेकै अवस्थामा मृत फेला परेको नेपालीको भनाई छ । बेलुकी अबेर सम्म कम्पनिमा काम गरेर कोठामा फर्किएका शाही जिल्लाकै दिनेश नेपाली र सर्जन नेपाली संग खाना खाएर सुतेको बताईएको छ । 

 

बिहान डिउटी जाने जाने बेलासम्म नउठेपछि साथीहरूले उठाउन खोज्दा शाहीको मृत्यु भएको थाहा पाएको दिनेशले घरमा जानकारी गराउँनुभएको छ । शाही ६ महिना अगाडि मात्र मेलेसिया जानुभएको थियो । उहाँको घरमा ५ वार्षिया छोरी, श्रीमती, आमा बुवा र ३ दिदी तथा १ बहिनी रहेका छन् ।