• अहिले तरंगमारेडियो प्रशारण सेवा समापन
  • केहि छिनमाशुभ सपनी

ताजा अपडेट :

समाचार

आठविसकोटमा डिजिटल बोर्डबाट पढाई सुरु

image not found

सानीभेरी समाचार डेस्क

असोज १९ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा डिजिटल बोर्ड मार्फत पढाई सुरु भएको छ । नगरपालिकाका तीन वटा बिद्यालयमा हाल डिजिटल बोर्डबाट पढाई भैरहेको छ । नगरपालिकाले तीन वडाका तीन वटा बिद्यालयमा डिजिटल बोर्डबाट पठन पाठन सुरु गरेको हो । 

 

वडा नम्बर तीन स्यालाखदीको हिमालय मावि खदी, वडा नं. पाँच गोतामकोटको सरस्वति मावि मिग्रि र वडा नम्बर ९ राडिको सहिद स्मृति नमुना माविमा हाल डिजिटल बोर्डबाट पढाई भैरहेको छ । प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक बृद्धि गर्ने उद्ेश्यले हाललाई परिक्षणका रुपमा तीन बिद्यालयमा डिजिटल बोर्ड जडान गरिएको नगर शिक्षा इकाई संयोजक थलबिर ओलीले बताउनुभयो । 

 

उहाँका अनुसार तीन बिद्यालयमा पाठ्यपुस्तक अनुसार नै डिजिटल बोर्डबाट पढाई भैरहेको छ । ‘हामिले शिक्षालाई प्रविधि संग जोडेर अगाडि बढ्ने प्रयास गरेका छौं, उहाँले भन्नुभयो–हाल नगरका तीन वटा बिद्यालयका बिद्यार्थीहरुले डिजिटिल बोर्डबाट पढिरहेका छन्, यसबाट शिक्षाको गुणस्तर कायम हुने लक्ष लिएका छौं ।’ 

 

इन्टरनेटको व्यवस्था सहित डिजिटल बोर्ड जडान गरिएको छ । बिद्यार्थीलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्री इन्टरनेटबाट खोजेर डिजिटल बोर्ड मार्फत पठन पाठन भैरहेको छ । हाल प्रत्येक कक्षामा पालो पालो डिजिटल बोर्ड मार्फत पठन पाठन भैरहेको बताईएको छ । 

‘हाल परिक्षणकै रुपमा प्रति बिद्यालय एउटाका दरले डिजिटल बोर्ड उपलब्ध गराईएको छ, पालै पालो सबै कक्षामा डिजिटल बोर्डको प्रयोग भैरहेको छ, सुरुमा यसको प्रभाव के पर्छ त्यसलाई हर्ने र शिक्षक तथा बिद्यार्थीलाई बाणि पार्ने नै हो, त्यसपछि सबै कक्षामा डिजिटल बोर्डको व्यवस्था गर्ने योजना छ, शिक्षा इकाई संयोजक ओलीले भन्नुभयोे ।’ 

 

नगरपालिकाले प्रति डिजिटल बोर्ड तीन लाख ६० हजारका दरले खरिद गरेको जनाएको छ ।