• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं

असोज १८ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिएर आज स्वदेश फर्कदैँ हुनुहुन्छ । प्रधानन्त्री ओली पत्नी राधिका शाक्य सहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्वगर्दै असोज ६ गते अमेरिकाको लागि प्रस्थान गर्नुभएको थियो । 

 

आज अपराह्न ३ः४५ बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

 

अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवम् अनौपचारिक भेटवार्ता गर्नुभएको थियो ।

 

सोही अवसरमा उहाँँले संयुक्त राष्ट्रसंघको स्थायी नियोगको पनि भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य लगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।