• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

शहरी विकास राज्य मन्त्रीलाई अन्तरपार्टी महिला सञ्जाल रुकुमद्धारा स्वागत

image not found

सानीभेरी समाचार डेस्क

मंशीर २८/

अन्तरपार्टी महिला सञ्जाल रुकुमले शहरी विकास राज्य मन्त्री मिठु मल्ललाई स्वागत गरेको छ । महिला परामर्श भवन मुसिकोटमा एक कार्यक्रमको आयोजना गरि सञ्जालले राज्य मन्त्री मल्ललाई स्वागत गरेको हो । 

 

स्वागत सहित सञ्जालले निर्माणाधिन अवस्थामा रहेको परामर्श भवनको निर्माणका लागि पहल गर्न माग गरेको छ । त्यस्तै जिल्लाका ग्रामिण स्तरका महिलाहरुको चेतना स्तर बढाउने खालका विभिन्न कार्यक्रम ल्याउन पनि माग गरिएको छ । 

 

कार्यक्रममा बोल्दै राज्यमन्त्री मल्लले जिल्लाका महिलाहरुको शसक्तिकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिला अधिकारकै क्षेत्रबाट राजनितिमा लागेको र आफुपनि महिला भएका कारण आफु सधैं महिलाहरुको मुद्दाप्रति संवेदनशिल रहेको बताउनुभयो । 

 

अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष इन्दिरा बुढाको अध्यक्षतामा भएको स्वागत कार्यक्रमको संचालन अखिल नेपाल महिला संघ रुकुमकी अध्यक्ष आशा स्वर्णकारले गर्नुभएको थियो ।

 

यसैविच रुक्मेणि मावि रुकुमकोटले राज्यमन्त्री मल्ललाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । एक कार्यक्रमको आयोजना गरी बिद्यालयले राज्यमन्त्री मल्ललाई सम्मान गरेको हो ।।