• अहिले तरंगमाशुभ सपनी
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

घर आगलागी हुँदा ९ लाख बराबर क्षेती

image not found

सानीभेरी समाचार डेस्क

असोज, १८ ।

रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नम्बर ७ नाथिगाडमा रहेको एक घर आगलागी हुँदा ९ लाख बराबरको क्षेती भएको छ । स्थानिय तेजबहादुर भण्डारीको घरमा आज बिहान आगलागी हुँदा ९ लाख २१ हजार ३ सय ९५ बराबरको क्षेती भएको हो ।

 

आगलागीबाट एकलाख नगत सहित अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिद्युतको तार सट भएर बिहान ८ बजेतिर घरमा आगो लागेको धाउने प्रहरी चौकी इञ्चार्ज निलम पौडेलले जानकारी दिनुभयो । 

 

घरमा कोहि नभएको समयमा आगलागी भएको कारण कुनैपनि सामान जोगाउन नसकिएको पिडित परिबारले जनाएको छ । करिब एक घण्टापछि स्थानियको सक्रियतामा आगो नियन्त्रणमा ल्याईएको प्रहरीले जानकारी दिएको छ ।