• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

खुला आकाश मुनि पठन पाठन

image not found

सानीभेरी समाचार डेस्क

असोज, १८ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ५ गोतामकोटको मिग्रिमा रहेको सरस्वति आधारभुत विद्यालयका बिद्यार्थी खुला आकास मुनि बसेर पढ्न बाध्य भएका छन् । कक्षा कोठाको अभावमा बिद्यार्थीलाई खुला आकास मुनि बसालेर पठन पाठन भैरहेको बिद्यालयले जनाएको छ । 

 

बिद्यार्थी संख्या धेरै भएपछि कक्षा कोठाको अभाव भएको बिद्यालयका शिक्षक दलवहादुर बुढाले जानकारी दिनुभयो । कक्षा कोठाको अभावमा खुला ठाउँमा बसालेर पढाउँदा विभिन्न समस्याहरु देखिने गरेको उहाँको भनाई छ । 

 

उहाँका अनुसार खुला ठाउँमा राखेर पढाउँदा बिद्यार्थीको ध्यान पठन पाठनमा नजाने, होहल्ला हुने जस्ता कारणले बिद्यार्थीले सजिलै पढाएको बुझ्ने गरेका छैनन् । धुलो, धुँवा समेत हुने हुँदा बिद्यार्थीका पोसाक समतेत छिट्टै फोहोर हुने गरेका छन् । 

 

बिद्यालयमा भएका कक्षा कोठामा बिदार्थी भरिभराउँ भएपछि थप बिद्यार्थीलाई कक्षा कोठाभन्दा बाहिर राखेर पढाउँनुपरेको बिद्यालयको भनाई छ । 

 

आठबीसकोट नगरपालिकाले भने समस्या हल गर्ने प्रयास भैरहेको जनाएको छ । यस बिद्यालयमा मात्र नभई नगरपालिकाका अन्य बिद्यालयमा पनि यस्तो समस्या भएको भन्दै सबै बिद्यालयको समस्या हल गर्ने गरी पहल भैरहेको नगर शिक्षा इकाई संयोजक छलबिर ओलीले जानकारी दिनुभयो । 

 

नगरपालिका, शिक्षा इकाई र प्राविधिक सहितको टोलीले नगरिपालिका भरका सबै बिद्यालयको भौतिक लगाएत सबै अवस्थाको अध्यन गरेको र उक्त अध्यन प्रतिवेदनका आधारमा कुन बिद्यालयमा के को आवश्यकता छ सो आवश्यकता पुरा गर्ने उहाँको भनाई छ । 

 

अव केहि दिनमा प्रतिवेदन आउँने र प्रतिवेदन आएपछि सोही अनुसार अगाडि बढ्ने योजना रहेको उहाँले बताउनुभयो । हालसम्म जे जस्ता समस्याहरु बिद्यालयले भोगेका भएपनि अव छिट्टै उक्त समस्या हल हुने उहाँको दाबी छ ।