• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

गाउँपालिकामा लागेको ताला खुल्यो

image not found

सानीभेरी समाचार डेस्क 

असोज, १८ ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको कार्यालयमा लागेको ताला खुलेको छ । खानेपानीको माग गर्दै वडा नम्बर २ को वेतखोलावासीले लगाएको ताला खुलेको हो । 

 

आफुहरुले वर्षौ देखि उपभोग गर्दै आएको पानी दुई नम्बर वडाकै चिन्छरे टोलका स्थानीयले पाईप काटेर अवरुद्ध पारीदिएकाले पानीको आपुर्ति सुचारु गरिदिन माग गर्दै वेतखोलावासीले बुधबार बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । 

 

बेतखोला टोलको मुनि रहेको मुलापानीबाट आफ्नो टोलमा ल्याईएको पानी बेतखोलावासीले बन्द गरिदिएपछि त्यसको प्रतिशोधमा चिन्छरे टोलका स्थानीयले बेतखोलामा जाने पानी बन्द गरिदिएपछि बिवाद सृजना भएको थियो । 

 

गाउँपालिका, राजनितिक दल तथा सुरक्षा निकायको रोहबरमा दुवै पक्षका विचमा गाउँपालिका कार्यालयमा भएको छलफलबाट सहमति जुटेपछि बेतखोलावासीले गाउँपालिकामा लगाएको ताला खोलेका हुन् । 

सहमति अनुसार बेतखोलावासीले उपभोग गर्दै आएको कालापोखरा–कागढलेको पानी चिन्छरेवासीले नरोक्ने, मुलापानी मुहानको ४० प्रतिशत पानी बेतखोलावासीले चिन्छरेवासीलाई उपभोग गर्न दिने, ४० र ६० प्रतिशत पानी छुट्याउँनका लागि गाउँपालिकाले प्राविधिक खटाउँने छ । 

 

त्यस्तै मुलापानीको पानी लिफ्टिङ गरेर बेतखोलावासीले लिन चाएमा चिन्छरे टोलले प्रयोग गर्दै आएको ४० प्रतिशत पानी छाड्नुपर्ने र चिन्छरे टोल नजिकै रहेको खोलाको पानी पनि बेदखोलावासीले प्रयोग गर्न पाउँने समेत सहमति भएको गाउँपालिका उपाध्यक्ष निर्मला बिष्ट खड्काले जानकारी दिनुभयो । 

 

दुवै टोल विचमा सहमति भएपछि बुधबार नै तालाबन्दी खुलेको हो । यो सहमति संगै लामो समयदेखि देखिएको खानेपानीको विवाद हल भएको छ ।