• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

बन्गाड कुपिण्डेमा दशै अगाडी नै सडक मर्मत गरिने

image not found

इन्द्रबहादुर बुढाथोकी बन्गाड कुपिण्डे,

असोज, १७ ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले  मोटर बाटाहरुको मर्मत कार्य सुरु गरेको छ । वर्षातको समयमा विग्रीएका प्रमुख तथा ग्रामीण कृषि मोटर बाटाहरुको मर्मत कार्य सुरु गरिएको हो । विशेष गरी वर्षातको समयमा खसेका पहिरा तथा खाल्टा खुल्टी पुर्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिका अन्तर्गतका १२ वटै वडामा ३२ वटा बिग्रेका ग्रामीण तथा प्रमुख सडकहरु दशैं अगाडी नै खुलाउने उद्देश्यले काम भइरहेको नगरपालिका उपप्रमुख मन्जु यरिले जानकारी दिनुभयो । काम सुरु गरिसकेको र दशै अगाडि नै सम्पूर्ण ग्रामीण सडक बाटाहरु पूर्णरुपमा संचालनमा आउने उहाँले बताउनुभयो ।

 

वर्षाको समयमा सल्लीबजार औलबेशी बामे सडक र सल्लीबजार मैदुपोखरी सडक बाहेक नगर भित्रका अन्य सम्पुर्ण सडक अबरुद्ध छन् । उप प्रमुख मन्जु यरिको अध्यक्षता बसेको बैठकले नगरपालिकाका १२ वटै वडाको ३२ वटा सडक डोजर लाएर सुचारु गर्ने निर्णय गरेको हो ।

 

दशँ अगाडि नै सडकहरु मर्मत भई सहजै गाडी मोटर सुचारु भएपछि त्यस क्षेत्रका स्थानियलाई आवतजावत तथा सामान ओसार पसारमा सहज हुने नगरपालिकाले जनाएको छ ।