• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

आठविसकोटमा काँग्रेसको पार्टी कार्यालय स्थापना

image not found

सानीभेरी समाचार डेस्क

असोज, १७ ।

रुकुम(पश्चिम)को आठवीसकोट नगरपालिकामा नेपाली काँग्रसको पार्टी कार्यालय स्थापना गरिएको छ । एक औपचारीक कार्यक्रमकाबिच पार्टीको नगर कार्यालयको उद्धघाटन गरिएको हो । 

 

आठविसकोट ९ राडीमा रहेको कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै छायाँ सरकारका नगर प्रमुख धिरेन्द्र बटालाले अहिलेको सरकाले जनताको आवश्यकता भन्दा पनि आफ्नो स्वार्थ अनुसार काम गरिरहेको आरोप लगाउनुभएको छ । नागरिकको आवश्यकता भन्दा पनि कार्यकर्ता पाल्नको लागि काम गरिरहेकाले त्यसलाई रोक्न उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो । 

 

साथै छायाँ सरकार प्रमुख बटालाले संगठन निर्माणमा एक भएर लाग्न पनि नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । एक अर्कालाई अरोप प्रत्यारोप गर्नुभन्दा पनि संगठन मजबुत बनाउनु पर्ने समय रहेको उहाँको भनाई थियो ।

 

छायाँ सरकार प्रमुख बटालाको अध्यक्षता र नेपाल तरुण दलका पूर्व जिल्ला सदस्य दिपक बटालाको सञ्चालन रहेको कार्यक्रममा पार्टीका जिल्ला सदस्य रत्नबहादुर बुढा, सुरेन्द्रविक्रम शाह, पूर्व जिविस सदस्य गंगाराम गौतम, वडा नं. ९ का वडा अध्यक्ष तारकबहादुर शाही लगायतका आतिथ्यता रहेको थियो । 

 

कार्यक्रममा छायाँ सरकार उप प्रमुख जनकबहादुर बटालाको स्वागत मन्तव्य रहेको थियो ।