• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम पूर्वमा बजार अनुगमण

image not found

सर्जना कार्की रुकुम पूर्व

असोज, १७ ।

रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नं. ५ र ६ रुकुमकोका विभिन्न बजारमा अनुगमण गरीएको छ । 

 

मंगलबार जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, उद्योग बाणीज्य संघ, जनस्वास्थ्य लगाएतको टोलिले रुकुमकोट स्थित मुख्य व्यापारीक केन्द्र चोकबजार, छिप्रीदह, कमलदह लगाएतका स्थानमा रहेका विक्री स्थल, गोदाम, उद्योग र स्वास्थ्य क्लिनिकहरुको अनुगमण गरेको हो । 

 

गुणस्तरीयतालाई ध्यानमा राखी बजार अनुगमन गर्दा दुई लाख भन्दा बढीको म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गरिएको छ ।

 

पसल तथा होटेलमा साइनबोर्ड, मुल्यसुचि, खाद्य तथा अन्य बस्तुमा म्याद गुर्जेको छ छैन, क्लिनिकहरुले कस्ता औषधिहरु बेचिरहेका छन, दर्ता नविकरण, सरसफाई लगायतको अनुगमण गरिएको थियो । 

 

अनुगमणको क्रममा मुल्यसुचि, साइनबोर्ड नराखीएको, सरसफाइमा ध्यान नदीएको, क्लिनिकहरु व्यवस्थित नभएको र ६ वर्ष पहीले म्याद गुर्जेको सामान पनि भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवन कुमार शाहले बताउनुभयो ।

 

पहिलो चरणमा म्याद गुज्रिएका सामान बरामत गरीनुका साथै व्यापारीलाई सल्लाह सुझाव दीइएको छ । अमव निरन्तर रुपमा बजार अनुगमण गर्ने र फेरी पनि यस्तै त्रुटि भेटिएमा कारवाहि गर्ने सहायक प्रमुख जिल्ला अधिकारी शाहले बताउनुभयो । 

 

बिस्तारै जिल्लाका अन्य बजारहरुमा पनि अनुगमण गरिने जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।