• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

त्रिवेणि गाउँपालिका कार्यालयमा तालबन्दी

image not found

सानीभेरी समाचार डेस्क 

असोज, १७ ।

 

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका कार्यालयमा तालबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नम्बर दुई वेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालबन्दी गरेका हुन् । 

 

आफुहरुले २०३९ साल देखि उपभोग गर्दै आएको पानीको लाईन काटिएको भन्दै वेतखोलाका स्थानीले आन्दोलन गर्दै आएका छन् । 

 

काटिएको पानीको लाईन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पुरा नभएपछि आज गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । अव गाउँमा खानेपानीको आपुर्ति सुचारु नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताउनुभयो । 

 

आफुहरुले पानीको लाईन जोडिदिन माग गर्दै पटक पटक वडा कार्यालय तथा गाउँपालिका कार्यालयमा लिखित तथा मौखिक निवेदन दिएको र गाउँपालिका कार्यालयमा धर्ना दिदा पनि माग पुरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाई छ । 

 

तालाबन्दी संगै गाउँपालिका कार्यालय घेराउ तथा धर्नाको कार्यक्रम समेत जारी रहने बोहोराले बताउनुभयो । गाउँपालिकाले हिजो भएको छलफलमा खानेपानीको आपुर्ति सुचारु गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । 

 

तर स्थानीयले भने खानेपानीको आपुर्ति सुचारु नभएसम्मका लागि आन्दोलन फिर्ता नहुँने अडान लिदै गाउँपालिका कार्यालयमै तालबन्दी गरेका हुन् । वडा नम्बर दुईकै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाईप काटेर खानेपानीको आपुर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयको भनाई छ ।