• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

स्थानीय द्धारा सडक अतिक्रमण बढ्दो

image not found

इन्द्रबहादुर बुढाथोकी बन्गाड कुपिण्डे

असोज, १६ । 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्र रहेका स्थानीय कृषि सडकहरुमा अतिक्रमण बढेको छ । बनगाड कुपिण्डेका सम्पुर्ण कृषि सडकहरुको छेउछाउमा स्थानीयहरुले घर निर्माण गर्नुका साथै ढुङ्गा माटो निकालेर अतिक्रमण गर्न थालेका हुन् ।

 

विशेष गरी सल्ली चौरजहारी सडक खण्डमा सडकको मापदण्ड मिचेर घर बनाउने देखि जथाभावी ढुङ्गा, माटो निकाल्ने गरेको पाईएको छ । त्यस्तै नगरपालिका भित्रका अन्य सडक सेवाकेन्द्र च्युरा हुँदै काफलपानी सडक, नाथेखोला राउचे सडक, देवस्थल बामे सडक, बालुवा संग्रही खलंगा सडक लगाएत दर्जनौं सडकहरुमा स्थानीयले सडकको मापदण्ड मिचेर घर बनाउने तथा ढुङ्गा माटो निकाल्ने गरेको नगरपालिकाका सव ओभरसियर नारायणजित रानाले जानकारी दिनुभयो ।

 

आफुहरु गाउँमा सडक अनुगमनमा जाँदा अधिकांस सडकमा स्थानीयले घर बनाउने देखि ढुङ्गा निकाल्दै गरेको देखेको र सामान्य मोटरसाइकल सम्म जाने बाटो नभएको उहाँले बताउनुभयो । केही सडक वर्षाले बिगारेको र त्यसमा पनि स्थानीयले ढुङ्गा निकाल्दा भत्कीएर बिग्रीएको उहाँको भनाइ छ ।

 

त्यस क्षेत्रका स्थानियलाई सडक अतिक्रमण गर्ने, सडक भत्काउने तथा बिगार्ने काम तत्काल बन्द गर्न आग्रह गर्दा पनि अटेरी गरेको नगरपालिकाले जनाएको छ ।