• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

स्यार्पू पर्यटन महोत्सव सम्पन्न

image not found

सानीभेरी समाचार डेस्क 

असोज, १६ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आयोजित स्यार्पू पर्यटन महोत्सवको समापन गरिएको छ । यहि ११ गतेबाट सुरु भएको महोत्सवको सोमबार एक कार्यक्रमकाबिच राष्ट्रियसभा सदस्य ठगेन्द्रप्रकास पुरीले समापन गर्नुभएको हो ।

 

पर्यटन प्रवद्र्धनका लागि बाँफिकोट गाउँपालिकाले आयोजना गरेको महोत्सव ५ दिन सम्म संचालन भएको थियो । महोत्सवमा पुरुष तथा महिला भलिबल, पञ्चेबाजा, सिंगारु र झाँक्रि नाच प्रतियोगीता संचालन गरिएको थियो । त्यस्तै महोत्सवमा इन्द्रेणि ग्रुप सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

 

१८ समुहले प्रतिस्प्रर्धा गरेको पुरुष भलिबलमा मुसिकोट नगरपालिका ७ साँख प्रथम भएको छ । त्यस्तै बाँफिकोट गाउँपालिका ४ दोस्रो, त्रिवेणी गाउँपालिका ८ तेस्रो र बाँफिकोट गाउँपालिका ८ दुली सान्त्वना भएको छ । 

 

८ समुहले प्रतिस्प्रर्धा गरेको महिला भलिबलमा भने डाँफेमुनाल युवा क्लव मुसिकोट नगरपालिका १ प्रथम, पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्व दोस्रो, चुली युवा क्लव सुर्खेत तेस्रोे र रुक्मीणी मावि रुकुमकोट सान्त्वना भएको छ ।

 

प्रतियोगीतामा प्रथम हुने समुहले नगद ५० हजारको साथमा मेडल र प्रमाण  पत्र, दोस्रो हुने समुहले नगद ३५ हजारको साथमा मेडल र प्रमाण पत्र, तेस्रो हुने समूहले नगद २० हजारको साथमा मेडल र प्रमाण पत्र हात पारेका छन् । 

 

यसैगरी सान्त्वना हुने समूहलाई दश हजार नगद पुरस्कार दिइएको छ भने उत्कृष्ठ खेलाडीलाई नगद २ हजार पुरस्कार दिइएको छ । पुरुष भलिबलमा बाँफिकोट ५ का चित्रबहादुर चन्द र महिला तर्फ बाँफिकोट ४ की प्रेमकला दाहाल उत्कृष्ठ खेलाडी घोषित हुनुभयो ।

 

६ जनाको सहभागीता रहेको पौडी प्रतियोगीतामा भने झलकमान मल्ल प्रथम, दिलिपमान केसी दोस्रो र दिलिप ओली तेस्रो हुनुभयो । महोत्सवमा पञ्चेबाजा र सिंगारु नाचको पनि प्रतिसप्रर्धा गराइएको थियो । उनिहरुलाई पनि पुरस्कार बितरण गरिएको सहकर्मी प्रचण्ड खत्रीले खबर पठाएका छन ।

 

गाउँपालिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक धर्मबहादुर केसीको अध्यक्षतामा भएको महोत्सव समापन कार्यक्रमको संचालन वडा नम्बर ३ का वडाध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका सह संयोजक चन्द्रवहादुर केसीले गर्नुभएको थियो ।

 

‘जल, जंगल, जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नाराका साथ महोत्सव सम्पन्न भएको हो ।