• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

रुकुम पश्चिमका लागि १० खाद्य डिपो माग

image not found

सानीभेरी समाचार डेस्क

असोज, १६ ।

रुकुम पश्चिमका लागि दश वटा खाद्य डिपोको माग गरिएको छ । जिल्ला खाद्य व्यवस्था समितिले जिल्लाका ६ स्थानीय तहका १० ठाउँमा खाद्य डिपो माग गरेको हो । ६ स्थानीय तहका विभिन्न ठाउ“मा १० वटा डिपो स्थापनाका लागि जिल्ला खाद्य व्यवस्था समितिले निर्णय गरेर अर्थ र आपुर्ति मन्त्रालय तथा नेपाल खाद्य संस्थानको प्रधान कार्यालयमा पठाएको छ । 

 

समितिले आठबीसकोट नगरपालिकामा ३, चौरजहारी नगरपालिकामा २, त्रिवेणि नगरपालिकामा २ तथा मुसीकोट नगरपालिका, बा“फिकोट गाउँपालिका र सानीभेरी गाउ“पालिकामा १÷१ वटा डिपो स्थापनाको लागि माग गरिएको छ । 

 

आठबीसकोट नगरपालिकाको लागि स्यालाखदी, गोतामकोट र राडीज्यूला, चौरजहारी नगरपालिकाको चौरजहारी बजार र एकौली, मुसीकोट गनरपालिकाको झुल्खेत, त्रिवेणि गाउँपालिकाको पेदीखेत र सिम्रुतु, बा“फिकोट गाउँपालिकाको छिन्खेत र सानीभेरी गाउ“पालिकाको सिम्लीमा डिपो स्थापनाको लागि माग गरि पठाइएको जिल्ला खाद्य व्यवस्था समितिले जनाएको छ ।

 

आवश्यकता अनुसार डिपो माग गरिएको र स्विकृति भएमा धेरै नागरिकहरुले खाद्य संस्थानको चामल प्रयोग गर्न पाउँने खाद्य संस्था शाखा कार्यालय रुकुम(पश्चिम)का निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो । हाल जिल्ला सदरमुकाममा मात्र खाद्य संस्थानको चामल पाईने भएकाले सदरमुकाम बाहिरका नागरिकहरुले खाद्य संस्थानको चामल प्रयोग गर्ने गरेका छैनन् । 

 

नजिकमा डिपो नहुँदा पसलबाट महँगोमा चालम किनेर खान बाध्य नागरिकहरुलाई माग भए अनुसारका खाद्य डिपो स्किृति भएर आएमा राहात पुग्ने भएको छ । पसलमा पाईने भन्दा खाद्य संस्थानमा पाईने चामल सस्तो र गुणस्तरीय हुने भएपनि नजिकमा डिपो नहुँदा सबै नागरिकका माझमा पुग्न सकेको छैन् ।