• अहिले तरंगमाराष्ट्रिय गीतहरु
  • केहि छिनमाजीवन दर्शन

ताजा अपडेट :

समाचार

रुकुम पश्चिमका जेष्ठ नागरिक सम्मानित

image not found

सानीभेरी समाचार डेस्क

असोज, १६ ।

रुकुम पश्चिममा २६ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । २८ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको असरमा जिल्लाको मुसीकोट नगरपालिकाले नगरभित्रका २६ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । 

 

सबैभन्दा पाका उमेरका ६ जनालाई जनही २ हजार नगद सहित दोसल्ला अढाएर सम्मान गरिएको हो भने बाँकी २० जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

 

नगरपालिकाका सबै वडामा रहेको जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेकामा सोमबार मुसीकोट नगरपालिका एकका दश जना र पाँच नम्बर वडाका दश जना तथा नगरपालिका भरबाट छनौट गरिएका सबैभन्दा पाका उमेरका ६ जना गरी २६ जनालाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

 

नगरपालिकामा १४ वडा रहेकामा अव १२ वडाका जेष्ठ नागरिकलाई सम्बन्धी वडा कार्यालय मार्फत वडामै सम्मान गरिने बताईएको छ । जेष्ठ नागरिकहरुले समाजलाई पुर्याएको योगदानको कदर गर्नुका साथै उनिहरुलाई हौसला थप्ने उद्ेश्यले सम्मान गरिएको हो । 

 

प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभयो । यस कार्यक्रमका लागि गैरसरकारी संस्था मानव अधिकार तथा कानुनि सेवा केन्द्र (हरप्लेस)ले समेत सहयोग गरेको थियो ।

 

मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री प्रभाकरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहित सुरक्षा निकाय, जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगाएतको पनि सहभागीता रहेको थियो । 

 

मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन जिल्ला बालअधिकार अधिकृत मानबिर ओलीले गर्नुभएको थियो ।।

 

यसैबिच रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पनि जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । २८ औँ जेष्ठ नागरिक दिवसको अवसरमा नगरपालिका भित्रका आठसय १३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । 

 

वडा न. १, २, ३, ४ र ५ का जेष्ठ नागरिकलाई नगरपालिकाको कार्यालयमा र अन्य वडाका जेष्ठ नागरिकलाई सम्बन्धित वडा कार्यालयमा सम्मान गरिएको बताईएको छ । जेष्ठ नागरिकलाई अबिर आवरण सँगै चियापान पनि गरिएको थियोे । 

 

त्यस्तै यसअघि मंसिरमा दिने सामाजिक सुरक्षा भत्ता अन्तरगतको जेष्ठ नागरिक भत्ता दशैं तिहारलाई मध्यनजर गर्दै सोमबार वितरण गरिएको छ । नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा जेष्ठ नागरिकलाई अविर आवरण गर्दै नगर प्रमुख बिशाल शर्माले जेष्ठ नागरिकको अनुभव महत्वपूर्ण हुने भएकोले त्यसलाई ब्यवहारमा उतार्नु पर्ने बताउनुभयो । 

 

उहाँले भन्नुभयो, हामीले एक दिन मात्र नभएर सधैं जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ किनकी उनीहरू नै हाम्रा भगवान हुन् । स्थानीय तहले आफुहरुलाई सम्मान गरेको भन्दै जेष्ठनागरिकहरु खुसी भएका छन् ।