• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

रुखबाट लड्दा सिम्तामा एक महिलाको मृत्यु

image not found

दुर्गा बिसी

सल्बिजार, असोज १५ ।

 

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ९ टमाटेनामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्न रुखमा चढेको बेला लडेर गम्भिर घाईते खम्बा गिरीको उपचार गर्न लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । 

 

असोज १३ गते वेलुकी घाँसकाट्न जँगल गएको वेला रुखबाट लडेर घाईते गिरीलाई खोजतलास गर्दा हिजो विहान आफ्न्तले फेला पारेका थिए । उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमा मृत्यु भएको पारिवारजनले बताएका छन् ।

 

समयमै उपचार नपाउँदा गिरीको मृत्यु भएको बताईएको छ ।