• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

१५ दिन भित्रै नेकपा रुकुम पश्चिमले स्थानीय तहको एकता टुंग्याउने

image not found

सानीभेरी समाचार डेस्क 

असोज, १५ ।

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रुकुम पश्चिमले पार्टी एकता प्रक्रिया सुरु गरेको छ । नेकपाले एक कार्यदल गठन गर्दै जिल्लामा पार्टी एकताको प्रक्रिया थालेको हो । नेकपाले जिल्लाका ६ वटै स्थानीय तहमा १५ दिन भित्रमा पार्टी एकता प्रक्रिया टुंग्याउँने गरी निर्णय गरेको छ । 

 

मुसीकोटमा भएको पार्टीको कार्यकर्ता भेलाले केन्द्रीय सदस्य राजकुमार शर्मा(आर्ट)को संयोजकत्वमा गठित ७ सदस्यीय कार्यदललाई पार्टीको स्थानीय तहको एकतालाई १५ दिन भित्रमा टुंग्याउने गरी जिम्मा दिएको छ । 

 

उक्त कार्यदलको सदस्यहरुमा शेरवहादुर केसी, बसन्त शर्मा(कुशल), गोपाल शर्मा(अनल), महेन्द्र केसी(पारसमणि), ठगेन्द्रप्रकाश पुरी र बिमल कुमार पुन रहनुभएको छ । 

 

यो कार्यदलले स्थानीय तहमा पार्टी एकता प्रक्रिया टुंग्याउनुका साथै स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आचारसंहिता तयार पार्ने जिम्मेवारी समेत पाएको छ । त्यस्तै जिल्ला पार्टी कार्यालयबारे आवश्यक निर्णय गर्ने समेत अधिकार कार्यदललाई दिईएको नेकपाले जनाएको छ । 

 

यसैविच नेकपाले पार्टीको जिल्ला संयोजकको जिम्मेवारी महेन्द्र केसी (पारषमणि)लाई दिएको छ । यथाशिघ्र सबै इकाईहरुको एकता प्रक्रिया टुंग्याउन पार्टी केन्द्रसंग अनुरोध गर्ने र जिल्लामा एकता प्रक्रिया सम्पन्न नहुँदासम्म पार्टीको काम संयोजन गर्न संयोजकको जिम्मेवारी पारसमणिलाई दिने निर्णय भेलाले गरेको हो । 

 

त्यस्तै भेलाले सबै स्थानीय तहमा सन्तुलित रुपमा बजेटको व्यवस्था गर्नका लागि प्रदेश सरकारलाई निर्देशन दिन पार्टीको प्रदेश कार्यालयलाई अनुरोध गर्ने, नगरपालिका, गाउँपालिका, वडापालीका देखि टोलसम्म भेला गरेर स्थानीय सरकारका योजनाहरुलाई प्रभावकारी बनाउँन अपिल गर्ने निर्णय गर्दै समाजवाद उन्मुख राष्ट्र निर्माणमा रुकुमेली जनताले गरेको योगदानलाई स्थापित गर्ने प्रतिबद्धता समेत गरेको छ । 

 

नेकपाका नेता गोपाल शर्मा अनलको अध्यक्षतामा भएको भेलामा पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरको प्रमुख र केन्द्रीय सदस्य तथा कर्णाली पद्रेश अध्यक्ष गोरखवहादुर बोगटीको विशेष आतिथ्यता रहेको थियो । 

 

भेलाले गरेका निर्णयहरु नेकपाले आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।