• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

जाजरकोटका बिरामीलाई मेडिकलकै भर

image not found

जाजरकोट 

असोज, १५ ।

 

जाजरकोटका सरकारी स्वास्थ्य संस्थामा औषधी नहुँदा बिरामीहरु मर्कामा परेका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधी नपाउँदा नीजि मेडिकलमा उपचार गर्न वाध्य भएको स्थानियले बताएका छन् ।

डोको र स्टेचरमा बोकेर त्यहाँको ग्रामीण क्षेत्रका बिरामीहरु मेडिकलमा उपचार गर्न बाध्य भएका छन् । औषधी नपाउने भएपछि सरकारी स्वास्थ्य संस्थाको विश्वास समेत गुमेको स्थानीयको भनाई छ । 

 

वर्षायाम सकिएको लामो समय सम्मपनि जिल्ला अस्पताल जाजरकोटले औषधी उपलब्ध गराउन नसक्दा स्वास्थ्य संस्थामा औषधी अभाब भएको हो ।

 

जिल्ला स्वास्थ्य कार्यालय खारेज भईसकेको अवस्थामा अधिकार विहिन भएको कारण अहिले कोडिनेशन समेत नहुँने गरेको जिल्ला स्वास्थ्यका कृष्णवहादुर खत्रीले बताउनुभयो । औषधी ढुवानी र खरिदको जिम्मा स्थानीय सरकारलाई दिएका कारण जिल्ला संग समन्वय नभएको उहाँको भनाई छ । 

 

जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्था देखि सुगममा रहेका स्वास्थ्य संस्थामा समेत औषधीको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर, स्वास्थ्य केन्द्र पुन्मा, दशेरा, लगायत दुई दर्जन ठाउँमा रहेका स्वास्थ्य संस्थामा औषधी नहुँदा स्थानीयहरु चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गराइरहेका छन् ।।