• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

कांग्रेसका नगर सचिव सहित १८ जना नेकपामा प्रवेश

सानीभेरी समाचार डेस्क 

असोज, १४ ।

रुकुम पश्चिममा नेपाली कांग्रेसका नगर सचिव सहित १८ जनाले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नेपाली कांग्रेस आठबीसकोट नगरपालिकाका सचिव धु्रवजंग शाह सहित १८ जना नेकपामा प्रवेश गर्नुभएको हो ।  

 

नेकपामा प्रवेश गर्नेमा शाह सहित नेपाली कांग्रेस आठबीसकोट नगरका नेता शसिराम सार्की, तरुण दलका नगर अध्यक्ष दिलिप बटाला (कर्ण), सचिव दिलिप बटाला र नेविसंघका क्षेत्रिय सदस्य सबिन बटाला रहनुभएको छ । 

 

त्यस्तै मनोज बटाला, कर्णवहादुर केसी, प्रेमप्रकाश बटाला, बिरेन्द्र बटाला, नरेन्द्र बटाला, गंगालाल खत्री, प्रकाश गौतम, बिरेन्द्र केसी, बिर्खवहादुर पुरी, जोखे सार्की, कर्णवहादुर पुन, प्रेमवहादुर खत्री र रामवहादुर बस्नेतले पनि नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ । 

 

अव देश बनाउँने भनेकै बामपन्थी भएकाले आफुहरु नेकपामा प्रवेश गरेको शाह नेतृत्वको टीमले बताएको छ । एक कार्यक्रमका विच नेकपाले उहाँहरुलाई पार्टीमा प्रवेश गराएको हो । नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकर र नेकपाका नेता ठकेन्द्रप्रकाश पुरी लगाएतले पार्टी प्रवेश गराउँनुभयो ।

 

राडिमा भएको पार्टी प्रवेश कार्यक्रमको संचालन रबि केसीले गर्नुभएको थियो ।