• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

किराँतहरु उधौली पर्व मनाउँदै, नेवारहरु भने योमरी पूर्णिमामा रमाउँदै

किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाइरहेका छन् ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा मनाइने चलन छ ।
प्रकृतिपूजक किरात समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किरात समुदायले यो पर्व मनाउने गर्दछन् ।
विशेष गरी किरात राईको बसोबास रहेको पूर्वी पहाडि जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ ।
उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्क्याउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किसात समुदायका मानिस विभिन्न सोकवा साकेन्वा नाचेर यो पर्व मनाउने गर्दछन् ।
यसैबीच नेवार समुदायले आज योमरी पुन्हीका रुपमा मनाउँदै छन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो ।
नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ ।
अण्डाकाररुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।
परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ जोड्दै एक दशकअघि सरकारले ज्यापू दिवसको रुपमा पनि मान्यता दिएको थियो । 
बन्द भएका उद्योग फेरि खुलाउन सरकारले सहजीकरण गर्ने
सरकारले विभिन्न कारणले बन्द भएका निजी उद्योग फेरि खुलाउन सहजीकरण गर्ने भएको छ । उद्योग मन्त्रालयले २१ दिनभित्र सूचना निकाली बन्द भएका उद्योगको विवरण लिने जनाएको छ ।
बन्द भएको स्पष्ट कारणसहित सम्पर्कमा आउन आग्रह गर्दै मन्त्रालयले त्यस्ता उद्योगको अध्ययन र मूल्याङ्कनका लागि समिति गठन गर्ने तयारी गरेको छ ।
देशभित्रैै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई सुदृढ गर्न बन्द उद्योग खुलाउन लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर निजी क्षेत्रका हजारौँ उद्योग बन्द अवस्थामा छन् ।
पहिलो चरणमा नेपाल औषधि लिमिटेड र हेटौंडा कपडा उद्योग आफैँ पुनः सञ्चालन गर्ने कार्य अन्तिम चरणमा र्पुयाएको मन्त्रालयले जनाएको छ ।
अर्काे चरणमा बन्द अवस्थाका वीरगञ्ज चिनी उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिएर फेरि सञ्चालन गर्ने तयारी पनि छ ।