• अहिले तरंगमाराष्ट्रिय गीतहरु
  • केहि छिनमाजीवन दर्शन

ताजा अपडेट :

समाचार

सल्ली–चौहरजारी सडक खण्डमा दुर्घटना बढ्दो

image not found

दुर्गा बिसी

सल्लीबजार, असोज १४

 

सल्यानको बन्गाड कुपिण्डेको वडा ६ सुनौलिवजारबाट सल्लीवजार जादै गरेको भे १ ज ८२८ नम्बरको भ्यान दुर्घटना भएको छ । सुपरफाष्ट यातायातको भ्यान गयराति ११ वजेको समयमा आमखोलीमा दुर्घटनामा परेको हो । 

 

तिव्रगतीमा रहेको भ्यान अनियन्त्रित भएर सडक देखि ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक भिम वहादुर घर्तिका अनुसार व्रेक फेल भएर भ्यान दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय सल्बिजारले भने चालक अत्यधिक मदिरा सेवन गरेका कारण गाडि दुर्घटना भएको बताएको छ । 

 

यात्रु छोडेर फर्कने क्रममा भ्यान दुर्घटना भएको बताईएको छ । गाडिमा सवार चालक र सह चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा पछिल्लो समय दुर्घटना बढ्दै गएका छन् । 

 

प्रहरी चेकजाँच कमी र सिकारुले गाडि चलाउँदा सल्ली रुकुम चौहरजारी सडक खण्डमा दुर्घटनाको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । सल्लीवजार देखि रुकुम चौहरसम्मको सडकमा प्राय चालकले सिकारु सहचालकलाई गाडि चलाउन दिने गरेको बताईन्छ । 

 

उक्त सडक खण्डमा केहि दिन अघि मात्रै २ वटा ट्याक्टर र ४ वटा अटो दुर्घटनामा परेका थिए ।